विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार नाघ्यो, ३३ लाख बढी संक्रमित

Share:

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वमा मृत्यु हुनेको संख्या २ लाख ३४ हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा २ लाख ३४ हजार ७५ जनाको मृत्यु भएकोे छ। त्यस्तै संक्रमितको संख्या ३३ लाख नाघेको छ। अहिलेसम्म ३३ लाख ७ हजार ६ सय ९१ संक्रमित पुगेका छन्। त्यस्तै १० लाख ३९ हजार १८२ मानिस निको भएका छन्।

अमेरिकामा कोरोना कारण मृत्यु हुनेको संख्या ६३ हजार ८ सय ५६ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १० लाख ९५ हजार रहेका छन् । इटालीमा २७ हजार २ सय ६७ को मृत्यु भएको छ। त्यहाँ २ लाख पाँच हजार संक्रमित छन्। स्पेनमा २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ। त्यहाँ २ लाख २९ हजार संक्रमित रहेका छन्।

बेलायतमा २६ हजार ७ सय बढीको मृत्यु भएको छ भने १ लाख ७१ हजार बढी संक्रमित छन् । फ्रान्समा १ लाख ६७ हजार बढी संक्रमित रहेका छन् भने २४ हजार ३ सय बढीको मृत्यु भएको छ ।

यस्तै चीनमा पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या सून्यमा झरेको छ । त्यहाँ ८२ हजार ८ सय बढी संक्रमित छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

यता भारतमा भने कोरोनाको असर बढ्दै गएको छ । त्यहाँ बिहीबार मात्रै १८ सय नयाँ संक्रमित थपिएका छन् । भारतमा मृत्यु हुनेको संख्या १ हजार १ सय ५४ छन् भने संक्रमितको संख्या ३४ हजार ८ सय ६२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: