रेडियो नेपालकी प्रथम गायिका अधिकारीको निधन

749
0
Share:

काठमाडौँ । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । अधिकारीको बिहीबार राति काठमाडौंमा ८६ वर्षको उमेरमा निधन भएको हो ।

प्रजातन्त्र सेनानी समेत रहेकी उनले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

उनलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै निधन भएको पारिवारीक स्रोतले जनाइको छ । उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: