पोखरा जिरोकिमिमा रातारात पक्की डिभाइडर भत्काएको शुलभ स्टोर्सको चर्को बिरोध, आफै बनाईदिँदै

Share:

लेकसाइडका चिनिएका ब्यापारी, राजनीतिज्ञ लगायतको लगानी रहेको शुलभ सहकारीले सञ्चालन गरेको शुलभ डिपार्टमेन्टल स्टोर्सले आफूखुशी सार्वजनिक सम्पतिमाथि रातारात आक्रमण ग¥यो । नारेश्वर, पोखरा–६ अगाडि (जिरो किमिदेखि हल्लनचोक जाने) मेन रोडमा रहेको सडक डिभाइडर शुलभ सहकारीले रातारात भत्काएकोमा चर्को जनदबाबपछि आफै बनाइदिन सुरु गरेको छ ।

लकडाउनको मौका छोपेर मूल सडकमा रहेको व्यवस्थित डिभाइडर भत्काएर सिधै पसल जाने पास वे बनाएपछि स्थानीयले चर्को बिरोध गरेका थिए भने सामाजिक सञ्जालमा पनि व्यापक आलोचना भइरहेको छ ।

भत्काएको ठाउँभन्दा केही तल सडक बिभागले नै यु टर्नको लागि डिभाइडर खुल्ला छाडेको छ । तर, सुपरमार्केटले आफ्नो पसल अगाडि बाट सिधै बाटो काट्न मिल्ने गरि डिभाइडर भत्काएको थियो । स्थानियको बिरोध पश्चात् भत्काउने काम बन्द भएको थियो ।

पोखरा महानगरपालिकाले पर्यटकीय नगरीलाई सुन्दर, मनोरम र ट्राफिक व्यवस्थापन गर्ने धेयका साथ लाखौं खर्चेर साँघुरो गार्डेनसहितको पक्की डिभाइडर बनाएको छ । पोखरा वडा नं. ६ का अध्यक्ष जगत पहारीले निवेदन आएको तर आधिकारिक निर्णय नभएको बताएपनि मौखिक सहमति दिएको कुरा सार्वजनिक भएको छ । यसमा वडा नं. ६का जनप्रतिनिधिकै गम्भिर लापरबाही देखिएको छ । डिभाइडर निर्माण कार्यमा वडाका सदस्य समेतको प्रत्यक्ष मिलेमतो रहेको बुझिन्छ ।

स्थानियले विरोध गरेपछि अहिले पुनर्निमाण थालेको छ । पहिले व्यवहारिकताका आधारमा ठीकै छ भन्ने मनशायमा रहेका वडा सदस्य हरिकृष्ण पहारी चर्को विरोध भएपछि आफै उपस्थित भएर २ दिनमै जस्ताको तस्तै बनाउने गरी लागिपरेका छन् ।

सुलभ डिपार्टमेन्ट स्टोर्सका म्यानेजर दयाल गिरीले वडालाई जानकारी दिएर नै डिभाईडर भत्काएको उल्लेख गरेका छन् । गाडी घुमाउन अफठेरो भएर भत्काएको तर विरोध आएपछि फेरि बनाउन लागेको उनले सुनाए ।

कमेन्ट गर्नुहोस्
Share: