
पोखरा । पोखरा–९ नागढुंगा स्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । दुर्गा प्रसाद भट्टराई र बिकास क्षेत्रीले डेढ वर्षअघिदेखि संचालनमा ल्याएको विशेष फर्निचर उद्योगमा आज (शनिबार) दिउँसो आगलागी भएको हो ।
आगलागीबाट फर्निचरका सामग्रीहरु जलेर नष्ट भएका छन् । आगलागीबाट फर्निचरका सबैजसो सामग्री जलेको छ । आगलागीका कारण १ करोड बढीको क्षति भएको बताइएको छ ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत स्थानीयको सहयोगमा दमकल र पानी ट्यांकरको सहायताबाट झन्डै सवा घण्टापछि आगो नियन्त्रणमा लिइएको छ ।
लकडाउनको समय भएकाले फर्निचरमा कामदार कोहि नभएकोले बिद्युत सर्टका कारण आगलागी भएको हुन सक्ने प्रहरीले जनाईएको छ ।
कमेन्ट गर्नुहोस्
