आज देशभरको मौसम कस्तो रहला?

1211
0
Share:

काठमाडौँ । देशभरको मौसम शनिबार (आज) बदली भई केही स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र र स्थानीय वायु प्रभावले देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिनासहित पानी पर्नेे सम्भावना रहेको मौसमविदले बताएका छन् । पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ ।

यस्तै राति पश्चिमी र पूर्वी पहाडी भू–भागका केही स्थान र मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिनासहित पानी पर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: