
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वमा अहिलेसम्म मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ६०२ पुगेको छ । संक्रमित हुने संख्या ३४ लाख १ हजार २ पुगेको छ भने १० लाख ८१ हजार ५ सय ९९ उपचार पछि निको भएका छन् ।
भने जोन हपकिन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कोरोना संक्रमितको संख्या ११ लाख ३ हजार २ सय २५ पुगेको छ भने मृतकको संख्या ६४ हजार ८ सय ८ पुगेको छ ।
स्पेनमा संक्रमितको संख्या २ लाख ४२ हजार ९ सय ८८ पुगेको छ भने २४ हजार ८ सय २४ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ७ हजार ४ सय २८ पुगेको छ भने मृतकको संख्या २८ हजार २ सय ३६ पुगेको छ । बेलायतमा अहिलेसम्म १ लाख ७८ हजार ६ सय ८५ जना संक्रमित हुँदा २७ हजार ५ सय ८३ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६७ हजार ३ सय ५ जना संक्रमित भएका छन् भने २४ हजार ६ सय २८ जनाको मृत्यु भएको छ ।
यता छिमेकी देश भारतमा संक्रमितको संख्या ३७ हजार २ सय ५७ पुगेको छ भने मृतकको संख्या १ हजार २ सय २३ पुगेको छ ।
