
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा शुक्रबार राति आगलागी भएको छ। शुक्रबार राति १० बजेपछि फुङ्लिङ नगरपालिका –५ न्यू ट्याक्सी काउन्टर लाइन क्षेत्रमा आगलागी भएको हो। आगलागीबाट ७ घर जलेर नष्ट भएका छन्।
फुङ्लिङ नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासिन्दको सहयोगमा आगलागि तीन घण्टा पछि नियन्त्रणमा आएको थियो ।
आगो नियन्त्रण गर्ने क्रममा अन्य दुई घरहरु भत्काईएका थिए । कसको घरबाट या कसरी आगो सल्किएको हो भन्ने एकिन भएको छैन । अन्य क्षति सहितको विस्तृत विवरण भने आउन बाँकी छ ।
कमेन्ट गर्नुहोस्
