
काठमाडौँ । आज (आइतबार) देशभरको मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद् बताएका छन् ।
पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र देशका अधिकांश क्षेत्रमा पानी पर्ने बताइएको छ ।
आइतबार दिउँसो देशको धेरै ठाउँमा समान्य बदली रही विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित पानी पर्ने जनाइएको छ ।
राति पनि देशको धेरै ठाउँमा समान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित पानी पर्ने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
