विश्वमा कोरोना संक्रमित संख्या ३४ लाख ८३ हजार नाघ्यो, अमेरिकामा मात्र साढे ११ लाख बढी संक्रमित

Share:

काठमाडौँ। कोरोना (कोभिड–१९) बाट संक्रमित संख्या विश्वमा ३४ लाख ८३ हजार नाघेको छ । कोरोना संक्रमितको संख्या अहिलेसम्म ३४ लाख ८३ हजार ९ सय ३५ पुगेको छ । संक्रमितमध्ये ११ लाख ८ हजार ८ सय ८६ उपचार पछि निको भएका छन् भने अहिलेसम्म विश्वभरबाट २ लाख ४४ हजार ७ सय ७३ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा कोरोना संक्रमितको संख्या साढे ११ लाख नाघेको छ । वल्डोमिटरले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार त्यहाँ ११ लाख ५९ हजार ९ सय २३ जना संक्रमित छन् । यस्तै मृत्यु हुनेको संख्या ६७ हजार ४ सय पुगेको छ भने १ लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन्।

स्पेनमा २ लाख ४५ हजार ५ सय ६७ संक्रमित रहेका छन् भने त्यहाँ २५ हजार एक सयको ज्यान गएको छ। इटालीमा २ लाख ९ हजार ३ सय २८ जनामा संक्रमण भेटिएको छ भने २८ हजार ७ सय १० को मृत्यु भएको छ।

यता छिमेकी देश भारतमा ३९ हजार ६ सय ९९ जना संक्रमित रहेका छन् भने त्यहाँ मृतक संख्या १ हजार ३ सय २३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: