कोरोनाबाट विश्वमा मृतक संख्या दुई लाख ४८ हजार नाघ्यो, साढे ३५ लाख बढी संक्रमित

Share:

काठमाडौँ । कोरोना (कोभिड–१९)बाट विश्वमा मृतक संख्या दुई लाख ४८ हजार नाघेको छ। वल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कुल २ लाख ४८ हजार २५६ जाना मृत्यु भएको छ । यस्तै विश्वमा संक्रमित संख्या ३५ लाख ६५ हजार ३२५ पुगेको छ भने ११ लाख ५३ हजार ९९९ जना उपचार पछि निको भएका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ११ लाख ८७ हजार ५ सय १० जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या ६८ हजार ५ सय ८१ पुगेको छ ।

त्यस्तै, स्पेनमा २ लाख ४७ हजार १ सय २२ संक्रमित छन्। स्पेनमा २५ हजार २ सय ६४ जनाको ज्यान गएको छ। इटालीमा २ लाख १० हजार ७ सय १७ जनामा संक्रमण भेटिएको छ। त्यस्तै २८ हजार ८ सय ८४ जनाको ज्यान गएको छ।

बेलायतमा १ लाख ८६ हजार ५ सय ९९ संक्रमित छन्। त्यहाँ २८ हजार ४ सय ४६ जनाको मृत्यु भएको छ। फ्रान्समा १ लाख ६८ हजार ६ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या २४ हजार ४ सय ४६ रहेको छ ।

यता छिमेकी देश भारतमा मृत्यु हुनेको संख्या १ हजार ३ सय ९१ पुगेको छ भने संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: