
पोखरा । अहिले पोखरालगायत देशका धेरै ठाउँमा पानी परिरहेको छ ।
पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भइ देशका विभिन्न ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् ।
आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा बदली भइ पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
