
काठमाडौँ । बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको छ ।
मंगलबार (आज) भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबै जना नेपालगञ्जका नागरिक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ ।
यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
नेपालमा अहिलेसम्म सङ्क्रमितमध्ये १६ जना उपचारपछि निको भएका छन् ।
कमेन्ट गर्नुहोस्

