आज पनि देशका धेरै स्थानमा पानी पर्नेे

Share:

पोखरा । आज (मंगलबार) पनि देशभरको मौसम बदली भई धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र देशका अधिकांश क्षेत्रमा पानी पर्ने बताइएको छ ।

मंगलबार दिउँसो देशको पश्चिमका धेरै स्थान र मध्य तथा पूर्वका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविदले बताएका छन् ।

राति पनि मध्य तथा पूर्वका केही स्थान र पश्चिमका थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित पानी पर्नेे जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: