दुबईमा कोरोनाबाट एक नेपालीको मृत्यु

1144
0
Share:

काठमाडौँ । यूएईको दुबईमा एक नेपालीको कोरोनाको कारण मृत्यु भएको छ । अर्घाखाँची घर भै १५ वर्षदेखि दुबईमा कार्यरत ४७ वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो ।

उनी सुरुमा निमोनिया देखिएर वैशाख ५ गते अस्पताल भर्ना भएका थिए । कोरोना भाइरस देखिए पछि भेण्टिलेटरमा राखेर उपचार गराइएकोमा आइतबार साँझ उनको मृत्यु भएको दूतावास स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: