
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ५८ हजार नाघेको छ। पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण २ लाख ५८ हजार ३०६ जनाको ज्यान गएको छ। यस्तै अहिलेसम्म विश्वभर ३७ लाख २६ हजार ७२७ जना संक्रमित छन् भने १२ लाख ४१ हजार ९२५ जना उपचार पछि निको भएर घर फर्किएका छन्।
अमेरिकामा सबैभन्दा धेरै ७२ हजार २५० को कोरोनाका कारण मृत्यु भएको छ। यस्तै संक्रमित संख्या पनि अमेरिकामा नै सबै भन्दा धेरै १२ लाख ३७ हजार २ सय ६९ जना रहेका छन्। बेलायतमा २९ हजार ४२७ मृत्यु भएको छ भने १ लाख ९४ हजार ९ सय ९० संक्रमित छन् ।
इटलीमा २९ हजार ३१५ को मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ । स्पेनमा २५ हजार ६१३ को मृत्यु भएको छ भने २ लाख ५० हजार पाँच सय ६१ जना संक्रमित छन्। फ्रान्समा २५ हजार ५३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने त्यहाँ १ लाख ७० हजार ५ सय ५१ संक्रमित रहेका छन्।
यता छिमेकी देश भारतमा १६ सय ९३ जना मृत्यु भएको छ भने संक्रमित संख्या ४९ हजार ४०० पुगेको छ।
