
काठमाडौँ । मन्त्रिपरिषद बैठक आज बस्दै छ। जारी लकडाउनाबारे छलफल गर्न बैठक बस्न लागेको हो।
हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो। त्यसबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
सरकारले पहिलो पटक चैत ११ गते लकडाउन गर्ने निर्णय गरेको थियो। त्यसपछि पटक पटक थपिएको लकडाउनको समय २५ गते सकिँदै छ।
कमेन्ट गर्नुहोस्
