
चितवन । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका केन्द्रिय नेता तथा साहित्यकार अनिल शर्मा बिरही पक्राउ गरेको चितवन प्रहरीले १२ घण्टा नबित्दै नेकपाकै अर्का नेतालाई चितवनबाट गिरफ्तार गरेको छ।
प्रहरीले नेकपा चितवनका सेक्रेटरी बिजय शर्मा नामले परिचित दुर्गा सुबेदीलाई केही बेर अघि पक्राउ गरेको पारिवारीक श्रोतले जानकारी दिएको छ । पारिवारिक श्रोतका अनुसार घरमा खान खान आएका सुबेदीलाई चितवन सादा पोशाकका प्रहरीले पिछा गर्दै आएको र उनीहरुले नै समातेर लगेको जानकारी दिए ।
यता चितवन प्रहरी श्रोतले सुबेदीलाई पक्राउ गरेको पुष्टि गरेको छ । चितवन प्रहरीले उनलाई प्रहरी हिरासतमा राखीसकेको प्रहरी श्रोतले भण्डाफोर अभियानलाई जानकारी दिदै लकडाउनको कारण आफ्नै घर नजिक आएका बिप्लवका कार्यकर्ताको निगरानी बढाईएकोले सुबेदीलाई पक्राउ गर्न सफल भएको दाबी गरेको छ ।
