
काठमाडौँ । आज (बुधबार)देखि पानी पर्ने क्रम कम हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो केही दिनदेखि चलिरहेको लगातार झरी तथा हावाहुरी, मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने क्रम कम हुने महाशाखाले जनाएको हो ।
पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदली तथा वर्षाको सम्भावना रहे पनि अघिल्ला दिनको तुलनामा मौसम सफा हुने जनाइएको छ ।
दिउँसो पश्चात सामान्य बदली भई पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
राति पनि देशभर आंशिक बदली रही पश्चिमी तथा पूर्वी भू–भागका थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
कमेन्ट गर्नुहोस्
