कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ६५ हजार नाघ्यो

Share:

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ६५ हजार नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार २ लाख ६५ हजार ७६ पुगेको छ । यस्तै सङ्क्रमित हुनेको संख्या ३८ लाख २२ हजार ८६० पुगेको छ भने १३ लाख २ हजार ८९० पुगेको छ ।

अमेरिकामा मात्रै १२ लाख ६३ हजारभन्दा धेरै संक्रमित रहेका छन् भने ७४ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । अहिलेसम्म दुई लाख १२ हजार नौ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

यस्तै स्पेनमा दुई लाख ५३ हजार ६ सयभन्दा धेरैमा संक्रमित रहेकामा २५ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । इटलीमा दुई लाख १४ हजार चार सयभन्दा धेरै संक्रमित रहेकामा २९ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । बेलायतमा दुई लाख एक हजारभन्दा धेरै संक्रमित रहेकामा ३० हजारभन्दा धेरैको ज्यान गएको छ ।

यता छिमेकी देश भारतमा ५० हजारभन्दा धेरैमा संक्रमित रहेकामा एक हजार सात सयभन्दा धेरैको ज्यान गएको छ ।

कमेन्ट गर्नुहोस्
Share: