संसदका सबै सांसद र कर्मचारीको आज कोरोना परीक्षण

Share:

काठमाडौँ । आज संसदका सबै सांसद र कर्मचारीको कोरोनाको पिसिआर परिक्षण हुँदै छ । भोलिबाट शुरु हुने संघीय संसदको बजेट अधिवेशन संचालनको लागि आज संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो।

बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ। सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको पिसिआर परीक्षण गर्ने तयारी छ।

मंगलबार बसेको कार्यव्यवस्था समितिले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो । प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद छन्।

कमेन्ट गर्नुहोस्
Share: