
पोखरा । देशभरको मौसम आज (बिहीबार) आंशिकदेखि सामान्य बदली भई केही स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभाव साथै पूर्वी क्षेत्र नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले केही क्षेत्रमा बदलीसँगै पानी पर्ने जनाइएको छ ।
दिउँसो पश्चिमका केही स्थान र मध्य तथा पूर्वका केही एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविदले बताएका छन्।
राति पनि मध्य र पूर्वका केही स्थान तथा पश्चिमीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
