म्याग्दीमा दुई डेङ्गु रोगका बिरामी भेटिए

Share:

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा थप दुई डेङ्गु रोगका बिरामी भेटिएका छन् । पछिल्लो सात दिनयता जिल्लामा पाँच डेङ्गुका बिरामी भेटिएका छन् ।

बेनी नगरपालिका–७ मङ्गलाघाट र मङ्गला गाउँपालिका–१ भरजुलाका एक–एक जनामा बुधबार डेङ्गु पोजेटिभ भेटिएको बेनी अस्पतालले जनाएको छ । दुवै पुरुष बिरामीको बेनी अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको छ । मङ्गलाघाटका २८ वर्षीय चार दिनअघि तनहुँबाट आएका थिए ।

यसअघि वैशाख १८ गते बेनी नगरपालिका–९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी–६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर घइ बेनी–५ भिरमुनि बस्ने ३६ वर्षीया महिलामा डेङ्गु पोजेटिभ भेटिएको थियो ।

वैशाख ९ गते मङ्गला–५ अर्मनका १७ वर्षका पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेङ्गु भेटिएको थियो । माघ २ गते अन्नपूर्ण–६ घारकी ६५ वर्षीया महिलामा डेङ्गु भेटिएको थियो । यसअघि भेटिएका डेङ्गुका एक बिरामीको स्वास्थ्यमा अन्य समस्या देखिएकाले पोखरा सिफारिस गरिएको छ । अन्य भने निको भएर घर फर्किएका जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: