सांसदहरूको ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन

Share:

काठमाडौँ । बिहीबार (आज) संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको परीक्षणका लागि सांसदहरुको संघीय संसद भवनमा स्वाब संकलन गरिएको हो ।

प्रतिनिधिसभाका १ सय ७९ जना सदस्य, रास्ट्रियसभाका ३३ जना सदस्य र कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी जम्मा ४ सय ४१ जनाको स्वाब संकलन गरिएको हो ।

सांसद, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण शुक्रबार बिहान ८ बजे देखि १० बजेसम्म अन्तररास्ट्रिय सम्मेलन केन्द्रमै स्वाब संकलन गरिने छ ।

बिहीबार दिइएको स्वाबको नतिजा शुक्रबार विहान आउने जनाइएको छ । शुक्रबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने छ । बैठकमा प्रवेश गर्न सांसदहरुले आफूलाई कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाउनुपर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: