गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको परिसर भित्र वृक्षारोपण सम्पन्न

Share:

पोखरा । पोखरा महानगरपलिका–१५ छिनेडाँडा स्थित निर्माणाधीन अवस्थामा रहेको प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशको परिसर भित्रआज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले तालिम केन्द्रको परिसर भित्र प्राकृतिक महत्व बोकेको बर, पिपल र बोधिचित्तको बिरुवा रोप्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

वातावरणलाई सफा, स्वच्छ, निर्मल राख्नुका साथै जैविक सन्तुलन कायम राख्न र मानिसको दैनिक जिवनमा हराभरा वातावरणले पार्ने सकरात्मक प्रभावलाई मध्यनजर गर्दै नव–निर्माण हुन लागेको उक्त तालिम केन्द्र परिसर भित्र वृक्षारोपण गरिएको हो ।

जिल्ला वन कार्यालय कास्की साथै अन्य संस्थासंगको सहकार्यमा बर, पिपल, स्वामी, चाप, बोधिचित्त लगायतका ८५ भन्दा बढी विरुवाहरु रोपिएको छ ।

उक्त वृक्षारोपण कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशन प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: