
लेखनाथ । विश्वव्यापी रुपमा कोरोना भाईरस (कोभिड १९)ले महामारीको रुप लिईरहेका वेला पोखराका एक जोडी भने वैवाहीक सम्वन्धमा बाधिएका छन् । पोखरा महानगरपालिका वडा नं २७ घर भएकी वेहुली अनुसा वास्तोला र पोखरा ३० घर भएका दिविन भट्टराइका बीच वैदीक विधि पुर्वक विवाह वन्धनमा बाधिएका हुन् ।
वेहुला र वेहुली पक्षका घर परिवार मात्र जम्मा भएर गरिएको उक्त विवहमा वेहुली पक्षले वेहुला पक्षलाई माक्स र सेनीटाईजर लगाएतका स्वास्थ्य सामाग्रीलाई दाईजोको रुपमा प्रदान गरेका थिए ।
संस्कार र संस्कृतीको संरक्षण गर्दै परम्परागत रुपमा चलिआएको दाईजो प्रथालाई तोड्दै सन्देश मूलक ढंगले उनीहरुले विवाहलाई स्वीकार गर्न वेहुलापक्ष राजीभए पछि छोरी दिने निर्णय गरे– वेहुलीका वुवा नेत्रपाणी वास्तोलाले भने ।
लकडाउनका वेला सरकारले तोकेको सामाजीक दुरी कायम राख्दै स्थानिय निकायसँग स्वकृती लिएर उनीहरुले विवाह सम्पन्न गरेका हुन् । वैशाख १३ गते नै विवाह गर्ने पुर्वनिर्धारित कार्यक्रम तय भए पनि लकडाउन अझै लिम्वीने अवस्था आएपछि आफुहरु विवाह गर्न राजी भएको बेहुलाका वुवा दिपक भटराईले बताएका छन् ।
विवाह मण्डप तयार पारेर सम्पुर्ण कर्मकाण्ड गरेपनि कम खर्चमा विवाह गर्न सकिन्छ र स्वयम आफै रोगसँग डराउने हो तर काममा डराउने होइन भन्ने दरिलो उदाहरण दिदै सम्पन्न भएको विवाहमा दुई पक्षका घर परिवारको सहभागीतामा मात्र विवाह सम्पन्न भएको हो ।
विवाहामा दाईजोको रुपमा तडक भड्क गर्नै पर्छ भन्ने छैन दुई पक्षका विच सहमति भयो भने आफनो सस्कृतीको रक्षा गर्दै कम खर्चमा पनि विवाह गर्न सकिने यो वैवाहिक सम्वन्धले पुष्टी गरेको छ ।
यसैविच विवाहको खर्च कटाएर बेहुली पक्षले विभिन्न १२ वटा सामाजिक संघ संस्थाहरुलाई रु पाँच लाख सहयोग गर्ने घोषण गरेका हुन् । बिहीबार भएको विवाह समारोहमा नेपाल पत्रकार महासंघ कास्की साखालाई रु ५५ हजार पाँच सय ५५ सहयोग गरेका हुन् । बेहुलीका वुवा नेत्रपाणी वास्तोलाले उक्त रकम महासंघका अध्यक्ष दिेपेन्द्र श्रेष्ठलाई हस्तान्त्रण गर्दै पत्रकारहरुको सुरक्षाका लागि ज्याकेटको व्यवस्थामा सहयोग गरेको बताएका छन् ।
कार्यक्रममा कास्की साखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले नव विवाहित जोडीलाई वधाई एवम सफल दाम्पत्य जिवनको सुभकामना दिंदै विवाहमा गरिने फजुल खर्चको कटौती गरेर कम खर्चमा पनि विवाह गर्न सकिने कुराको सिको सबैले गर्नु पर्ने बताएका थिए ।

