कपिलवस्तुमा दुई जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित १०१ पुग्यो

Share:

काठमाडौँ । कपिलवस्तुमा दुई जनामा कोरोना (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मुम्बईबाट सात दिनअघि लुक्दै नेपाल छिरेको पुष्टि

कपिलवस्तुका दुई जना कोरोना संक्रमित ७ दिनअघि मात्रै भारतबाट आएको खुलेको छ । उनीहरु दुवैजना लकडाउनकै समयमा सिमानाबाट लुकिछिपी नेपाल प्रवेश गरेको जनाइएको छ ।

उनीहरु सीमासम्म मुम्बईदेखि हिँड्दै आएका थिए । संक्रमित दुवैजना कपिलवस्तु मायादेबी गाउँपालिकाका हुन् । उनीहरु वडा नं. १ को पकडी स्थित छत्रपाली तीर्थादेवी माध्यमिक विद्यालयको क्वारेनटाइमा बस्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: