
काठमाडौँ। विश्वमा कोरोना भाइरस (कोभिड–१९)का कारण मृत्यु हुनेको संख्या अहिलेसम्म २ लाख ७० हजार ७११ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वमा ३९ लाख १६ हजार ३३८ संक्रमित छन् भने ती भध्ये १३ लाख ४३ हजार ५४ जना निको भएका छन् ।
अमेरिकामा संक्रमितको संख्या १२ लाख ९२ हजार ६ सय २३ छ। हालसम्म अमेरिकामा ७६ हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ ।
बेलायतमा ३० हजार ६ सय १५ जनाको ज्यान गइसकेको छ भने त्यहाँ २ लाख ६ हजार ७ सय १५ कोरोना संक्रमित भेटिएका छन्। इटालीमा २९ हजार ९ सय ५८ को ज्यान गएको छ भने त्यहाँ २ लाख १५ हजार ८ सय ५८ जनामा संक्रमण छ। स्पेनमा २ लाख ५६ हजार संक्रममित हुँदा २६ हजार ७० को मृत्यु भइसकेको छ।
यता छिमेकी देश भारतमा मृत्यु हुनेको संख्या १ हजार ८ सय ८९ पुगेको छ । त्यहाँ संक्रमितको संख्या ५६ हजार पुगेको छ ।
