मौसम : देशभर बदली, केही स्थानमा पानी पर्ने

504
0
Share:

काठमाडौँ । आज (शुक्रबार) पनि देशभरको मौसम बदली रही देशका केही स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका मध्य, पूर्वका पहाडी भूभाग र तराईका केही स्थानमा मेघगर्जन, चट्याङ् तथा हावाहुरीसहित पानी पर्ने मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशका पूर्वी भूभाग लगायत मध्य र पश्चिमका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ् तथा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: