कोसी अस्पतालबाट ८ जना कोरोना संक्रमित डिस्चार्ज

Share:

काठमाडौँ । विराटनगरस्थित कोसी अस्पतालको (कोभिड १९ उपचार केन्द्र) मा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।

उनीहरुको पछिल्लो रिपोर्ट रिपोर्टमा नेगेटिभ आएपछि शुक्रबार दिउँसो डिस्चार्ज भएका गरिएको हो ।

एकजना भारतीयसहित सात जना नेपालीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनीहरुमध्ये ५ जना उदयपुरका र विराटनगरका २ जना रहेका छन्।

थप ८ जना डिस्चार्ज भएसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: