सांसदसहित ४ सय ४० जनाको रिपोर्ट नेगेटिभ

Share:

काठमाडौँ । संघीय (संसद प्रतिनिधिसभा र राष्ट्रियसभा)का सांसदसहित ४४० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

राष्ट्रियसभाका ४५ र प्रतिनिधिसभाका १ सय ७९ गरी २ सय २४ जना सांसद र अन्य कर्मचारीको हिजो (बिहीबार) नमुना सङ्कलन गरेर पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको थियो ।

हिजो परीक्षण भएका सबैको रिपोर्ट नेगेटिभ आएको हो । हिजो परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् ।

 

कमेन्ट गर्नुहोस्
Share: