आजको मौसम : देशभर कस्तो रहला?

Share:

पोखरा । अहिले पोखरालगायत पश्चिमका केही स्थानमा मौसम बदली भई हावाहुरी, मेभ गर्जनसहित पानी परिरहेको छ ।

पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको मौसमविद्ले बताएका छन् ।

आज (आइतबार) दिउँसो पश्चिमी क्षेत्र लगायत मध्य र पूर्वका पहाडी भू–भागमा सामान्य बदली रहनेछ जनाइएको छ । बाँकी भू–भागमा आंशिक बदली रहने छ । पश्चिमका केही स्थानमा तथा मध्य र पूर्वका एक–दुई स्थामा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने जनाइएको छ ।

यस्तै राति पनि देशको केही स्थानमा सामान्य देखि आंशिक बदली भई पश्चिमी भू–भागका थोरै स्थान तथा मध्य र पूर्वका एक–दुई स्थानमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: