विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८० हजार नाघ्यो, ४१ लाख बढी संक्रमित

Share:

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वमा मृत्यु हुनेको संख्या २ लाख ८० हजार नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार मृत्यु हुनेको संख्या २ लाख ८० हजार ४३२ पुगेको छ ।

यस्तै, संक्रमित संख्या ४१ लाख नाघेको छ । अहिलेसम्म विश्वमा ४१ लाख ७९९ संक्रमित छन् भने १४ लाख ४१ हजार ४८७ संक्रमित उपचार पछि निको भएका छन् ।

अहिलेसम्म मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छ । त्यहाँ मृतक संख्या ८० हजार ३० जना पुगेको छ । यस्तै, संक्रमित संख्या पनि सबैभन्दा धेरै अमेरिकामा नै रहेका छन् । त्यहाँ अहिलेसम्म १२ लाख ४७ हजार १ सय २५ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, बेलायतमा ३१ हजार ५ सय ८७ जनाको ज्यान गएको छ भने त्यहाँ २ लाख १५ हजार २ सय ६० जनामा संक्रमण भेटिएको छ। बेलायत पछि इटालीमा धेरै ३० हजार ३ सय ९५ जनाको मृत्यु भएको छ भने त्यहाँ २ लाख १८ हजार २ सय ६८ जनामा संक्रमण भेटिएको छ। स्पेनमा २६ हजार ४ सय ७८ जनाको ज्यान गएको छ भने त्यहाँ २ लाख ६२ हजार ७ सय ८३ जनामा संक्रमण भेटिएको छ ।

यता, छिमेकी देश भारतमा संक्रमितको संख्या ६२ हजार ८ सय ८ छ भने मृत्यु हुनेको संख्या २ हजार १ सय १ पुगेकोे छ।

अद्यावधिक गरिएको-

नोटः असावधानीवश समाचारमा यसअघि तथ्यांक गलत हुन गएकोमा हामी आत्मालोचना गर्दै क्षमाप्रार्थी छौं ।: सम्पादक

कमेन्ट गर्नुहोस्
Share: