खुकुरी प्रहार गरी धादिङमा युवकको हत्या

883
0
Share:

धादिङ । धादिङमा एक युवकको खुकुरी प्रहरी गरी हत्या भएको छ । गंगाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङका ३१ वर्षीय यमबहादुर गुरुङको छिमेकीले खुकुरी प्रहारी गरी हत्या गरेका छन्।

छिमेकी २६ वर्षी भीमसेन बुढाथोकीले यामबहादुरमाथि शनिवार साँझ खुकुरी प्रहार गरेका थिए। शनिवार साढे ६ बजे मिलबाट भारी लिएर घर आउँदै गरेका यमबहादुरलाई भीमसेनले खुकुरी प्रहार गरेर दुवै खुट्टा छियाछिया बनाएको र दाहिने हात छिनेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते उनको उपचारका लागि राति जिल्ला सदरमुकामस्थित धादिङ अस्पताल ल्याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले बताएको छ। गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका यमबहादुर र भीमसेन छिमेकी हुन्।

बुढाथोकीलाई स्थानीयको सहयोगमा राती नै पक्राउ गरी प्रहरीले नियन्त्रणमा लिएको छ । बुढाथोकीलाई ज्यान मुद्दामा अनुसन्धान सुरु गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: