यो साता नेपाली आकाशमा पुच्छ्रेतारा, नाङ्गो आँखाले पनि देख्न सकिने

866
0
Share:

काठमाडौँ । नेपाली आकाशमा यो साता एउटा धूमकेतु (पुच्छ्रेतारा) देखिँदैछ । बिहान सूर्योदयभन्दा २ घन्टाअघि उत्तरपूर्वी आकाशमा धूमकेतु देखिने खगोलविद्ले जनाएका छन् ।

खगोलविद्ले यो धूमकेतुको नाम ‘कमेट २०२० स्वान’ राखेका छन् । एक सातासम्म देखिने यो तारा वैशाख ३० गते मंगलबार बिहान भने अन्य दिनभन्दा प्रष्टै देखिने खगोलविद् जयन्त आचार्यले बताए । यो पुच्छ्रेतारा मङ्गलबार पृथ्वीबाट सबैभन्दा नजिक हुनेछ । यो धूमकेतु नाङ्गो आँखाले पनि देख्न सकिने बताइएको छ ।

गत चैतमा पत्ता लागेको यो पुच्छ्रेताराको चमकपन ३.५ म्याग्निच्युड हुने जनाइएको छ । क्षितिजबाट यो धूमकेतु १५–२० डिग्रीमाथि सूर्योदय हुनुभन्दा केही समयअघिमात्र देखिने भएकाले हेर्न गाह्रो हुनसक्ने जनाइएको छ । सानो खालको बाइनाकुलर अथवा टेलिस्कोपको सहायताले भने यसलाई स्पष्ट रुपमा देख्न सकिने खगोलविद्ले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: