आजको मौसम देशभर कस्तो रहला?

Share:

पोखरा। आज (मंगलबार) पनि देशका अधिकांश क्षेत्रको मौसम बदली भई केही स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावका कारण पनि बलदीसँगै पानी पर्ने महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै राति पनि देशको पूर्वी तथा मध्य भू–भागका थोरै स्थान र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: