
काठमाडौँ । आज मे १२ तारिख । विश्व नर्सिङ दिवस । नेपालमा पनि कोरोनाविरुद्ध चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । तर औपचारिक कार्यक्रमको आयोजना भने गरिएको छैन।
आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ । ‘लेडी विद् दि ल्याम्प’को उपनामले परिचित नाइटिङ्गेल सन् १८२० मा ब्रिटेनमा जन्मिएकीे थिइन् ।
नाईटिगेंलले सन् १८६० मा बेलायतको लण्डनस्थित सेन्ट थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कूल स्थापना गरेकी थिइन्। जुन नर्सिङ क्षेत्रमा आधुनिक र व्यवसायिक नर्सिङ सेवाको रुपमा मानिन्छ ।
अन्तराष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिन्छ । नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस हरेक वर्षको माघ १५ गते मनाउने गरीएको छ।
