
काठमाडौँ । नेपालमा मंगलबार एकैदिन ८३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मंगलबार राती काठमाडौँका एक तथा भक्तपुरका दुई र अन्य २३ गरी २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
महोत्तरी १६ र ३५ वर्षीय पुरुषमा, धनुषा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा र सर्लाहीमा ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यसअघि मंगलबार दिउँसो मात्र पर्सामा दुई पत्रकारसहित ३९ जना, रुपन्देहीका ९ जना, कपिलवस्तुका ८ जना र बाराका एक जना गरी ५७ जनामा कोरोना पुष्टि भएको थियो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । अहिलेसम्म उपचारपछि ३३ जना निको भएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
