आजको मौसम देशभर कस्तो रहन्छ?

Share:

पोखरा । आज पनि देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावका कारण मौसम बदली र वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।

दिउँसो पूर्व र पश्चिमका केही स्थान तथा मध्य क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि पूर्वका केही स्थान तथा मध्य र पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: