कोरोनाबाट विश्वमा २ लाख ९२ हजार बढीको मृत्यु, ४३ लाख ४२ हजार संक्रमित

Share:

काठमाडौँ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ९२ हजार ८९३ पुगेको छ । पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म संक्रमितको संख्या ४३ लाख ४२ हजार ४५३ पुगेको छ भने १६ लाख २ हजार ४७६ उपचार पछि निको भएका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ ८२ हजार २ सय ४६ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, अमेरिका पछि बेलायतमा ३२ हजार ७ सय ६९, इटालीमा ३० हजार ९ सय ११, फ्रान्समा २६ हजार ९ सय ९४, स्पेनमा २६ हजार ९ सय २० जनाको मृत्यु भइसकेको छ।

संक्रमितको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ १३ लाख ६७ हजार ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
त्यस्तै, अमेरिका पछि रुसमा २ लाख ३२ हजार २ सय ४३, स्पेनमा २ लाख २८ हजार ३०, बेलायतमा २ लाख २७ हजार ७ सय ४०, इटालीमा २ लाख २१ हजार २ सय १६, फ्रान्समा १ लाख ७८ हजार ३ सय ४९ मा संक्रमण पुष्टि भएको छ।

कमेन्ट गर्नुहोस्
Share: