
काठमाडौँ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापना गरिएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको लिपुलेक नजिकै सशस्त्र प्रहरीको पोस्ट स्थापना गरिएको हो ।
बुधबार नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत २५ जना सशस्त्र र ९ जना नेपाल प्रहरीको टोली त्यहाँ पुगेका थिए ।
बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्ने बताइएको छ । उक्त स्थान लिपुलेकभन्दा १३ किलोमिटर तलपर्ने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
