थप २४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित संख्या २४३ पुग्यो

Share:

काठमाडौँ । बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेका छन् ।

रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा कोरोना संक्रमण भएको छ ।

पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि बुधबार दिउँसो कपिलवस्तु र बाँकेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा अहिलेसम्म ३४ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । चितवनबाट आज आमा छोरा निको भएर डिस्चार्ज भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: