
पोखरा। पोखरामा मंगलबार क्वारेन्टाइनमा राख्ने डरले घरको ३ तल्लामाथिबाट हामफालेका युवकलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । ति युवक अभिषेक बस्नेत मंगलबार बिहान भारतको कर्नाटकदेखि पोखरा आइपुगेका थिए ।
ती युवकमा कोरोना संक्रमण नभएको पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिएका छन् । उनलाई हिजै आरडिटी गरिएको थियो । त्यसमा नेगेटिभ देखिएपनि बुधबार पिसिआर परीक्षण गरिएकोमा नेगेटिभ आएको हो ।
कमेन्ट गर्नुहोस्
