गोरखा जिल्ला जेठ ५ सम्म सिल

Share:

गोरखा । कोरोना संक्रमणको संख्या वृद्धि भएसँगै गोरखा जिल्ला जेठ ५ सम्म गते सिल गरेको छ। कोरोना भाइरस रोकथाम नियन्त्रण र व्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय कमाण्ड पोष्ट, जिल्ला सुरक्षा समिति र कोरोना क्राइसिस मेनेज्मेन्ट सेन्टरको आजको संयुक्त वैठकले बुधबार राति १२ बजेदेखि लागु हुने गरी ५ गते सम्म गोरखा जिल्ला प्रवेश गर्ने पाँच वटा नाका पूर्ण रुपमा बन्द गरी जिल्ला सिल गर्ने निर्णय गरेको छ ।

बैंक तथा वित्तिय संस्था, सरकारी कार्यलय पूर्ण रुपमा बन्द रहनेछन् । खाद्यन्न , तरकारी दुधजन्य पदार्थ सबै पदार्थ बोक्ने गाडिहरु पूर्ण रुपमा बन्द हुनेछन् । जिल्लामा प्रयाप्त खाद्यन्न भएकोले उक्त पसलहरु समय मिलाएर खोल्न छुट हुनेछ । मासुजन्य पसलहरु खुला हुनेछन् ।

अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । जिल्लाको आरुघाट, सिउरेनीटार, मझुवा, नयाँपुल, तुरतुरे गरी पाँच स्थानमा चौविसै घण्टा सुरक्षाकर्मी खटाई जिल्ला प्रवेशलाई निषेध गर्ने नीति जिल्लाको कमाण्ड पोष्टले लिएको छ । विरामी बोकेका भैपरी आउने प्रकोप, लास बोक्ने गाडिका लागि भने सवारी चलाउन सहजीकरण गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: