नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो

Share:

काठमाडौँ । नेपालमा आज थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ । ३५ जना उपचार पछि निको भएका छन्।

 

कमेन्ट गर्नुहोस्
Share: