
काठमाडौँ । कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ९८ हजार नाघेको छ। पछिल्लो तथ्याङ्कअनुसार विश्वमा दुई लाख ९८ हजार १७४ जनाको ज्यान गएको छ । यस्तै ४४ लाख २९ हजार ७४४ संक्रमित भएका छन् भने १६ लाख ५९ हजार ७९१ उपचार पछि निको भएका छन् ।
अहिलेसम्म कोरोनाको प्रभाव सबैभन्दा धेरै अमेरिकामा देखिएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्म ८४ हजार १०६ जना पुगेको छ। त्यहाँ १३ लाख ८९ हजार ९ सय ३५ जना संक्रमित भएका छन्।
अमेरिकापछि रुसमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। त्यहाँ संक्रमित हुनेको संख्या दुई लाख ४२ हजार २७१ पुगेको छ।
यस्तै बेलायतमा २ लाख ३० हजार ९ सय ८५ संक्रमित रहेका छन् भने त्यहाँ ३३ हजार २ सय ६३ जनाको मृत्यु भैसकेको छ । स्पेनमा २ लाख २८ हजार ६ सय ९१ संक्रमित रहेका छन् भने त्यहाँ २७ हजार १ सय ४ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख २२ हजार १ सय ४ संक्रमित छन् भने त्यहाँ ३१ हजार १ सय ६ जनाको मृत्यु भएको छ । ब्राजिलमा १ लाख ८९ हजार १ सय ५७ जना संक्रमित छन् भने १३ हजार १ सय ४९ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ७८ हजार १ सय ८४ जना संक्रमित छन् भने त्यहाँ २७ हजार ७७ जनाको मृत्यु भएको छ।
यता छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ७८ हजार ५५ पुगेको छ भने त्यहाँ २ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ।
