
काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या २४५ मात्रै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि संक्रमितको संख्या २५० भनेको मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै पुनः अर्को सूचना जारी गरी त्रुटी सच्याएको हो ।
आज काठमाडौँ चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका गरी दुई जनामा मात्रै संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

