जिल्ला सदस्य अधिकारीलाई पितृशोक

Share:

पोखरा । नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) कास्की जिल्ला सदस्य गोविन्दप्रसाद अधिकारीलाई पितृशोक परेको छ ।

उनका बुबा रविलाल अधिकारीको ८८ वर्षको उमेरमा बिहीवार विहान निधन भएको हो ।अन्नपूर्ण–२, सेराचौर निवासी अधिकारी पछिल्लो समय पिसावको समस्याबाट पीडित थिए। उनको बिहीवारै हेमजा स्थित सेतीनदी घाटमा अन्तेष्ठी गरिएको छ ।उनलाई छोराहरु गोविन्दप्रसाद, तुलाराम र होमनाथले दागबत्ती दिएका थिए।

त्यस्तै उनको प्रार्थिव शरीरमा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा)का नेता तथा गण्डकी प्रदेशसभा सदस्य दिपक कोइराला, प्रदेशसभा सदस्य रामजीप्रसाद बराल, पार्टीका जिल्ला सचिव बखानसिंह गुरुङ, पोखरा महानगरपालिका अध्यक्ष दिपक पौडेल तथा मादी गाउँपालिका अध्यक्ष कृष्णराज दाहालले संयुक्त रुपमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्घाञ्जली दिएका थिए।

स्वः अधिकारीका जेठा छोरा तथा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) कास्की जिल्ला सदस्य गोविन्दप्रसाद अधिकारी कानुन व्यवसायी समेत हुन्।उनी त्यागी तथा इमान्दार नेता मानिन्छन्।उनले पार्टी एकीकरण पूर्व तत्कालिन माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालिका अध्यक्ष, जिल्ला सचिवालय सदस्य, केन्द्रीय आयोजक कमिटिको सदस्य भएर समेत भूमिका निभाएका थिए ।

स्वः अधिकारीका श्रीमती, चार छोरा बुहारी, ३ छोरी ज्वाई, नाति ९, नातिनी ९, पनाति १ तथा नातिनी ज्वाई २ जना रहेको उनको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: