नेपालका कमलले जिते विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण

Share:

काठमाडौँ । नेपालका खेलाडी कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । फ्रान्समा जारी विश्व अनलाइन तेक्वान्दोको ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जितेका हुन् ।

कमलले गत मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा पनि तेक्वान्दोको पुम्सेमै स्वर्ण जितेका थिए ।  यस्तै नेपाली खेलाडी जितबहादुर बोटे दोस्रो र पे्रमबहादुर लिम्बु तेस्रो भएका भएका छन् । नेपालका कमलले ७.६७ अंक जोड्दै स्वर्ण जित्दा जितबहादुरले ७.५४ र प्रेमले ७.५० अंक जोडेका थिए ।

त्यस्तै महिला तर्फका नेपाली खेलाडी पार्वती गुरुङले ३० वर्ष मुनि समूहमा रजत जितेकी छन् । उक्त विधामा अमेरिकी खेलाडीले ७.३२ अंकसहित स्वर्ण जित्दा पार्वतीले ७.३ अंक जोडिन् । पार्वतीले पनि नेपालमा भएको १३औं सागमा स्वर्ण जितेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: