नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुग्यो

Share:

काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या २ सय ६७ पुगेको छ । शुक्रबार साँझ थप ९ जनामा संक्रमण भएको पुष्टि भएसँगै संक्रमित २ सय ६७ पुगेको हो । यस अघि हिजो विहान मात्र ९ जनामा संक्रमण भएको पुष्टिको थियो ।

शुक्रबार साँझ काठमाडौं, वीरगञ्ज र दाङमा नयाँ कोरोना संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्का ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष र उदयपुरका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।

नेपालमा हालसम्म ३६ जना निको भएर घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: