विश्वभर कोरोनाबाट संक्रमित संख्या ४६ लाख २८ हजार नाघ्यो, ३ लाख ८ हजार बढीको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ४६ लाख २८ हजार नाघेको छ । पछिल्लो तथ्याङ्कअनुसार विश्वमा ४६ लाख २८ हजार ३५६ संक्रमित छन् । यस्तै मृत्यु हुनेको संख्या ३ लाख ८ हजार ६४५ पुगेको छ भने १७ लाख ५८ हजार ३९ जना उपचारपछि निको भएका छन् ।

अहिलेसम्म संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा १४ लाख ४२ हजार ९ सय २४ जना छन् । त्यहाँ मृत्यु हुनेको संख्या पनि सबैभन्दा धेरै ८७ हजार ४ सय ९३ पुगेको छ। अमेरिका पछि सबैभन्दा धेरै संक्रमित संख्या रुसमा २ लाख ६२ हजार ८ सय ४३ रहेका छन् ।

यस्तै बेलायतमा २ लाख ३८ हजार ४ जना संक्रमित रहेका छन् भने त्यहाँ ३४ हजार ७८ जनाको मृत्यु भैसकेको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ३० हजार १ सय ८३ पुगेको छ भने त्यहाँ मृत्यु हुनेको संख्या २७ हजार ४ सय ५९ पुगेको छ ।

इटालीमा संक्रमित संख्या २ लाख २३ हजार ८ सय ८५ पुगेको छ भने त्यहाँ मृत्यु हुनेको संख्या ३१ हजार ६ सय १० पुगेको छ । ब्राजिलमा २ लाख १८ हजार २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यहाँ १४ हजार ८ सय १७ को मृत्यु भइसकेको छ।

यता छिमेकी देश भारतमा संक्रमित संख्या ८२ हजार पुगेको छ भने त्यहाँ दुई हजार ६४९ को मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: